हमासका दुई उच्च अधिकारीहरू मारिएको इजरायलको दाबी

हमासका दुई उच्च अधिकारीहरू मारिएको इजरायलको दाबी

एजेन्सी : इजरायलले हवाई आक्रमणमा हमासका दुई उच्च अधिकारी मारिएको दाबी गरेको छ।

गाजामा भएको हवाई हमलामा हमासका राजनीतिक ब्यूरोका सदस्य जकारिया अबु मुअम्मर र जावाद अबु शामलको आज बिहान खान युनिसमा भएको आक्रमणमा मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ।

एक आईडीएफ प्रवक्ताका अनुसार शामल हमासका अर्थमन्त्री भएको र ‘गाजापट्टी भित्र र बाहिर आतंकवादको लागि रकम संकलनमा संलग्न थिए।

साथै इजरायली नागरिकहरूलाई लक्षित गर्ने अभियानको नेतृत्वसमेत गरेको ती प्रवक्ताले बताए।

मुअम्मर हमासको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका प्रमुख भएको र उनले धेरै ‘आतंकवादी गतिविधि’ को योजनामा ​​संलग्न भएको आईडीएफका अधिकरीकाे भनाइ छ।

यद्यपि हमासले यी दुई अधिकारीको मृत्युको पुष्टि गरेको छैन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि इजरायली दावीहरूको पुष्टि गर्न सकेका छैनन्।

असोज २३, २०८० मंगलबार २१:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।