उकेरा टप फाइभ : हमासको आक्रमणले घाइते भएका प्रवीणको खबरदेखि सुरेश किरणको चौथो अंगसम्म

उकेरा टप फाइभ : हमासको आक्रमणले घाइते भएका प्रवीणको खबरदेखि सुरेश किरणको चौथो अंगसम्म

काठमाडौं : मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले खासै कार्यक्रमहरू भएनन्। यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत नै तामझामसहितको कार्यक्रममा दियो बाल्न पुगे।

एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा सहमतिको प्रयास भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि निर्देशन दिएसँगै सुदूरपश्चिममा सहमतिको खाका बनाइएको छ।

यस्तै कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय नेपाली कांग्रेसले गर्यो। सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय छ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणबाट घाइते भएका दाङ दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगी परिवारको सम्पर्कमा आएको समाचार लेख्यो।
पूरा समाचारः इजरायलमा हमासको आक्रमणमा परेका प्रवीणले घरमा फोन गर्दै भने- मेरो चिन्ता नलिनु, छिटो फर्की आउँछु

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ चौथो अंगमा नेवार संस्कृतिका जानकार पत्रकार सुरेश किरणको अनुभव र सुझाव प्रस्तुत गर्यो। जसमा रिपोर्टरहरुले जहाँ बस्छन्, त्यस ठाउँबारे जानकार हुनुपर्ने बताए।
पूरा समाचारः चौथो अंगः सम्पादकहरूले काठमाडौं सांस्कृतिक राजधानी हो भन्ने बुझ्नै चाहेनन्, रिपोर्टरले जे मन लाग्यो त्यही लेखिदिन्छन्

उकेराले दिउँसो खोटाङका कवि सुरेश राईको कविता मृत्युवादी कवि प्रस्तुत गर्यो। जहाँ उनले मृत्युपछिको संसारबारे चर्चा गरेका छन्।
पूरा समाचारः कविताः मृत्युवादी कवि

साँझपख उकेराले चलचित्र विकास बोर्डबाट नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठेक्का पाएका सूर्य कर्पोरेसन प्रालिका प्रमुख वासुदेव लामिछानेको ठगी शृङ्खला नरोकिएको समाचार लेख्यो। चलचित्र विकास बोर्ड लगायतका संस्थाका प्रमुखहरूलाई प्रभाव पारेर विदेशमा कार्यक्रम आयोजना गर्ने भन्दै मानव तस्करी गर्ने लामिछानेको पुरानै धन्दा हो।
पूरा समाचारः भुवन केसीका ‘प्रिय’ वासुदेव पुनस् जोडिए ठगीमा, साढे १४ लाख लिएर पैसा दिएनन्

साँझमै उकेराले सरकारले राष्ट्रिय शोक घोषणा गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत नै तामझामसहितको कार्यक्रममा दियो बाल्न पुगेको समाचार लेख्यो।
पूरा समाचारः राष्ट्रिय शोक घोषणा गरेर प्रधानमन्त्री र स्वास्थ्यमन्त्री तामझाममा

असोज २३, २०८० मंगलबार २१:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।