हमासको आक्रमणमा परी १ हजार ८ इजरायली नागरिकको मृत्यु

हमासको आक्रमणमा परी १ हजार ८ इजरायली नागरिकको मृत्यु

एजेन्सी : इजरायल र हमासबीच चौथो दिन पनि द्वन्द्व जारी छ।

यसैबीच इजरायलले चरमपन्थी संगठन हमासको आक्रमणमा मारिने इजरायलीको संख्या एक हजार नाघेको जनाएको छ।

अमेरिकास्थित इजरायली दूतावासले शनिबारदेखि कम्तीमा १ हजार ८ इजरायली नागरिकको मृत्यु भएको जनाएको छ।

दूतावासले सामाजिक सञ्जालमा पोस्टमार्फत भने, ‘अहिलेसम्म ३४१८ जना घाइते भएका छन्।’

हमासले शनिबार इजरायलमा हजारौं रकेट प्रहार गरेको थियो।

हमासका लडाकुहरूले इजरायली क्षेत्रमा प्रवेश गरी धेरै मानिसहरूलाई बन्धक बनाएका थिए। इजरायलका अनुसार १०० देखि १५० व्यक्तिलाई बन्धक बनाउन सकिन्छ।

आक्रमणको जवाफमा इजरायली सेनाले गाजामा हमासको स्थानलाई निशाना बनाएको छ।

स्थानीय अधिकारीका अनुसार इजरायली आक्रमणमा ७७० जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन्।

असोज २३, २०८० मंगलबार २०:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।