विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा पाकिस्तानलाई ३४५ रनको लक्ष्य, कुशल र सदीराको शतकीय पारी

विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा पाकिस्तानलाई ३४५ रनको लक्ष्य, कुशल र सदीराको शतकीय पारी

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकपमा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई पाकिस्तानलाई ३४५ रनको लक्ष्य दिएको छ।

हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३४४ रन बनायो।

उसका लागि कुशल मेन्डिस र सदीरा समराविक्रमाले शतकीय पारी खेले।

कुशलले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन जोड्दा सदीराले ८९ बलमा ११ चौका र २ छक्काको मद्दतमा १०८ रन बताए।

त्यसबाहेक पथुम निसान्काले ५१ रनको अर्धशतकीय पारी खेल्दा धनन्जय डी सिल्भाले २५, दसुन शान्काले १२ र दुनिथ वेल्लालागेले १० रन जोडे।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिश रौफले दुई तथा शाहदाब खान, मोहम्मद नवाज र शाहीन शाह अफरिदीले समान एक–एक विकेट लिए।

पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो।

असोज २३, २०८० मंगलबार १८:३१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।