१५ सय हमास लडाकुको शव फेला परेको इजरायलको दाबी

१५ सय हमास लडाकुको शव फेला परेको इजरायलको दाबी
हमास लडाकुहरू। तस्बिर- एएफपी

एजेन्सी : इजरायलले आफ्नो देशभित्र १५ सय भन्दा बढी हमास लडाकुको शव फेला परेको दाबी गरेको छ।

इजरायली रक्षा बलका प्रवक्ता जोनाथन कोनरिकसले मंगलबार यस्तो जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘हमास आतंकवादीहरूको १५ सयभन्दा बढी शव हामीले इजरायलमा फेला पारेका छौँ।’

यद्यपि हमासले यसको पुष्टि गरेको छैन। इस्लामिक कट्टरवादी समूह हमासले शनिबार इजरायलमा एकैपटक पाँच हजार रकेट आक्रमण गरेपछि बढेको तनाव अहिलेसम्म जारी छ।

गाजा र इजरायलमा गरी अहिलेसम्म १ हजार ५ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने हजारौं मानिस घाइते भएका छन्।

असोज २३, २०८० मंगलबार १७:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।