नेपालगञ्जमा पूर्ण रूपमा हट्यो कर्फ्यू र निषेधाज्ञा

नेपालगञ्जमा पूर्ण रूपमा हट्यो कर्फ्यू र निषेधाज्ञा
फाईल फोटो

बाँके : बाँकेको नेपालगञ्ज उप-महमानगरपालिकामा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।

हिन्दू र मुस्लिम समुदायबीच धार्मिक विवाद भएपछि स्थानिय प्रसाशनले गत असोज १६ गतेदेखि लगाएको कर्फ्यु मंगलबार बिहानदेखि पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कायालय बाँकेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। 

नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो। 

हिन्दू समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको केसीले बताए।

असोज २३, २०८० मंगलबार १७:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।