इजरायलको आक्रमणमा परेर गाजामा ७७० जनाको मृत्यु

इजरायलको आक्रमणमा परेर गाजामा ७७० जनाको मृत्यु

एजेन्सी : गाजामा इजरायलको आक्रमणमा हालसम्म ७७० जनाको मृत्यु भएको छ।

प्यालेस्टिनको स्वास्थ्य विभागका अधिकारीहरूले यसको पुष्टि भएको बताएको बीबीसीले जनाएको छ।

‘गाजा पट्टीमा अहिलेसम्म ७७० जनाको मृत्यु भइसकेको छ,’ उनीहरूले भने, ‘करिब ४१०० व्यक्ति घाइते भएका छन्।’

हमासले शनिबार गरेको आक्रमणपछि इजरायलको वायुसेनाले गाजामा हवाइ आक्रमण गरिरहेको छ।

इजरायलको सेनाले गाजामा गएराति २०० वटा लक्ष्यलाई निशाना बनाएको जनाएको छ।

लगातारको आक्रमणपछि गाजाका धेरै मानिस बाहिर निस्कन खोजिरहेका छन् तर इजरायलले गाजामाथि नाकाबन्दी गरेको छ।

त्यहाँ खाद्यान्न र बिजुलीको आपूर्ति पनि रोकिएको छ।

असोज २३, २०८० मंगलबार १७:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।