नेप्से १९ अंकले ओरालो झर्‍यो, कारोबार १ अर्ब २३ करोडको

नेप्से १९ अंकले ओरालो झर्‍यो, कारोबार १ अर्ब २३ करोडको

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक १९ अंकले ओरालो लागेको छ।

मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा झरेको छ।

कारोबार उपसूचकसमेत यसदिन सबै राताम्मे रहेका छन्। सबैभन्दा बढी हाइड्रोपावर समूह १.७९ अंकले ऋणात्मक रह्यो।

यसदिन २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड ३१ लाख रूपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।

कारोबारको हिसाबले यस दिन सानिमा जीवाईसी इन्स्योरेन्स २० करोड ३७ लाखसहित पहिलो स्थानमा रहँदा नबिल बैंक ३ करोड ४४ लाखसहित दोस्रो स्थानमा छ। 

असोज २३, २०८० मंगलबार १६:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।