सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटि आँखा सेन्टरमा १० प्रतिशतसम्म छुट

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटि आँखा सेन्टरमा १० प्रतिशतसम्म छुट

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ। 

बैंकले डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न यस्तो व्यपस्था ल्याएको हो।

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन्।

साथै ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन्।

असोज २३, २०८० मंगलबार १६:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।