गेस्ट हाउसमा प्रेमीका मृत फेला परेपछि प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

गेस्ट हाउसमा प्रेमीका मृत फेला परेपछि प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौँ : आत्महत्या दुरुत्साहन आरोपमा एक युवा पक्राउ परेका छन्। १५ दिनदेखि सँगै बसेकी प्रेमीकाले आत्महत्या गरेपछि प्रहरीले ती किशोरीको प्रेमीलाई पक्राउ गरेको हो।

उनीहरू सुनधारामा रहेको स्थित श्री गुरु गेस्ट हाउसमा १५ दिनदेखि बस्दै आएकोमा सोमबार युवतीको शव फेला परेको थियो।

प्रेमी बाहिर गएपछि किशोरी गेस्ट हाउसमा बस्दै आएकी थिइन्। सोमबार प्रेमी गेस्ट हाउसमा फर्कँदा ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका खोलेर हेर्दा उनी मृत फेला परेकी थिइन्।

कोठामा विषको बट्टा समेत फेला परेको छ। मङ्गलवार किशोरीको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि प्रहरी वृत्त जनसेवाले युवकलाई पक्राउ गरेको हो। कोठामा सुसाइड नोट लगायतका शङ्कास्पद केही फेला नपरेको प्रहरीको दाबी छ।

असोज २३, २०८० मंगलबार १५:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।