विश्वकप क्रिकेट : डेविड मलानको शतकमा इंग्ल्याण्डले बंगलादेशलाई दियो ३ सय ६५ रनको लक्ष्य
काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको विशाल लक्ष्य दिएको छ।
धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६४ रन बनायो।
उसका लागि डेविड मलानले १ सय ४० रनको शतकीय पारी खेले। यस्तै, जोय रुटले ८२ र जोनी ब्रेस्टोले ५२ रन बनाए।
बंगलादेशका मेहदी हसनले चार र शोरिफुल अहमदले तीन विकेट लिए। तस्कीन अहमद र शकिब अल हसनले एकरएक विकट लिए।
असोज २३, २०८० मंगलबार १५:२१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।