सुन्धाराको गेस्ट हाउसमा एक किशोरी मृत फेला

सुन्धाराको गेस्ट हाउसमा एक किशोरी मृत फेला

काठमाडौं : काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा एक किशोरी मृत फेला परेकी छन्।

ललितपुरको इमाडोल बस्ने १७ वर्षीया नीता राउत मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राउत श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन्।

प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान मृत देखेको वयान दिएका छन्।  प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

असोज २३, २०८० मंगलबार १५:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।