सामान्य विवादमा खुकुरी प्रहार गरि हत्या, एक जना पक्राउ

सामान्य विवादमा खुकुरी प्रहार गरि हत्या, एक जना पक्राउ

सुनसरी : इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङ रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो।

गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज २३, २०८० मंगलबार १४:४७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।