पारिश्रमिक नपाएपछि प्राविधिकहरुले दिए फिल्मको काम ठप्प पार्ने चेतावनी

पारिश्रमिक नपाएपछि प्राविधिकहरुले दिए फिल्मको काम ठप्प पार्ने चेतावनी

काठमाडौं : नेपाली चलचित्रको पर्दा पछाडी रहेर काम गर्ने प्राविधिकहरुले प्रारिश्रमिक नपाए फिल्मको सबै काम ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरुले पाउनुपर्ने पारिश्रमिक दसैंको मुखमा पनि नपाएपछि काम नगर्ने बताएका हुन्। 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले एक विज्ञप्ती जारी गर्दै दैनिक गुजारा गर्नुपर्ने प्राविधिकहरुलको चुलोमा र पेटमा प्रहार गर्ने निर्माता, निर्देशक र कलाकारका कुनै पनि फिल्ममा काम नगर्ने बताएका हुन्। 

‘सम्पुर्ण नेपालीहरुको महानचाडको संघारमा दैनिक गुजारा गर्नुपर्ने प्राविधिकहरुको चुलोमा र पेटमा प्रहार गर्ने, प्राविधिकहरुको पारिश्रमिक नदिने,कामबाट बन्चित गर्ने,सम्बन्धित निर्माता, निर्देशक, कलाकार तथा चलचित्रकर्मीहरु सम्मिलित कुनै पनि चलचित्रहरुमा आगामी दिनहरुमा कुनैपनि प्राविधिकहरुले काम नगर्ने कुराको जानकारी गराँउदछौं,’ विज्ञप्तीमा भनिएको छ।

उनले जारी गरेको विज्ञप्तीमा कुनै पनि निर्माता, निर्देशक तथा निर्माण कम्पनीसंग आफ्नो श्रमको मुल्य लिन बाँकी भएका प्राविधिकहरुले चलचित्र प्राविधिक संघको कार्यालयमा लिखित जानकारी गराउन समेत अनुरोध गरेका छन्। 

चलचित्र प्रसाद २ को निर्देशक र निर्माताहरुले इमानदारीपूर्वक काम गर्ने प्राविधिक सम्पादक मिलन श्रेष्ठलाई विनाकारण दु:ख दिएको भन्दै प्राविधिक संघको गम्भिर ध्यानकर्षण भएको समेत जनाएको छ।
 

असोज २३, २०८० मंगलबार १४:२६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।