मानसिक स्वास्थ्य समस्याकै कारणले अब कोही मानव अधिकारबाट वञ्चित नहुने : स्वास्थ्यमन्त्री बस्नेत

मानसिक स्वास्थ्य समस्याकै कारणले अब कोही मानव अधिकारबाट वञ्चित नहुने : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताएका छन्। 

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जारी सन्देशमा उनले मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलङ्कका रुपमा लिन र  भेदभाव गर्न नहुने बताए।

बस्नेतले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै यसको सेवालाई सर्वसुलभ बनाउन सरोकारवाला सबैलाई अपिल समेत गरे।

‘मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै मानसिक स्वास्थ्यसँग जोडिएका भेदभावपूर्ण व्यवहार र कुरीतिहरू सम्बोधन गर्न बहुक्षेत्रीय तथा बहुपक्षीय सरोकारवालाहरुबीच निरन्तर समन्वय र सहकार्य गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न अपिल गर्दछु,’ उनले भने।

मन्त्री बस्नेतले नेपालीलाई लाग्ने रोगको भारमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख गरे। पछिल्लो अध्ययनअनुसार नेपालमा १८ वर्षमाथिका व्यक्तिहरु मध्ये १० प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको छ।

असोज २३, २०८० मंगलबार १३:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।