म्यान्मारमा विस्थापितहरूको शिविरमा सैन्य आक्रमण, २९ जनाको मृत्यु

म्यान्मारमा विस्थापितहरूको शिविरमा सैन्य आक्रमण, २९ जनाको मृत्यु
तस्वीर– बिबिसी

एजेन्सी : उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा परी बालबालिकासहित २९ जनाको मृत्यु भएको छ। 

आक्रमणमा परी दर्जनौं घाइते भएका छन्।  अहिले उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक अभिकारी बताएका छन्। 

म्यान्मारको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ। 

पछिल्लो आक्रमण स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताए।

‘बालबालिकासहित २९ शव फेला परेको छ, ५६ जना घाइते भएका छन्। शिविरमा कस्तो प्रकारको हमला भएको थियो भन्नेबारे अनुसन्धान गरिरहेका छौं’,  उनले भने।

असोज २३, २०८० मंगलबार १२:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।