विश्वकप क्रिकेट : लगातार दोस्रो जितका लागि पाकिस्तान श्रीलंकासँग भिड्दै

एजेन्सी : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटको आज (मंगलबार) को दोस्रो खेलमा दुई एसियाली देश पाकिस्तान र श्रीलंकाबिच भिडन्त हुँदैछ।
हैदराबादमा हुने खेल नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ। पाकिस्तान विश्वकपमा लगातार दोस्रो जित निकाल्ने योजनामा छ।
पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो। तर श्रीलंकासँगको खेल पाकिस्तानलाई नेदरल्यान्ड्ससँगको जस्तो सजिलो हुने छैन।
पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १०२ रनको फराकिलो हार व्यहोरेको श्रीलंका भने आज पहिलो जितको खोजिमा हुनेछ।
असोज २३, २०८० मंगलबार १२:२३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।