इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी

इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी

काठमाडौं : सरकारले इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ।

परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले इजरायलमा रहेका नेपालीहरू विद्यार्थीहरुको अवस्थाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराउदै नेपालीहरुलाई नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्।

इजरायलमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विश्वविद्यालयका २३ जना गरी कूल ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको उनले बताए।

प्यालेस्टाइन समूह हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। मृतकका शव नेपाल ल्याउन समेत पहल भइरहेको साउदले बताए।

असोज २३, २०८० मंगलबार १२:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।