राष्ट्रिय शोकका कारण राष्ट्रिय सभा बैठक स्थगित, शुक्रबारका लागि सारियो

राष्ट्रिय शोकका कारण राष्ट्रिय सभा बैठक स्थगित, शुक्रबारका लागि सारियो

काठमाडौं : संघीय संसद अन्तरगत राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। 

इजरायलमा १० जना नेपाली विद्यार्थीको निधनमा सरकारले आज राष्ट्रिय शोक मनाएका कारण असोज २६ गतेसम्म बैठक स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।

‘आज मिति २०८० साल असोज २३ गते मङ्गलबार बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक राष्ट्रिय शोक पर्न गई बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयको सूचनामा भनिएको छ।

असोज २३, २०८० मंगलबार ११:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।