सहायक कामदारको भिसा लागेका २४ जनालाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह

सहायक कामदारको भिसा लागेका २४ जनालाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना नेपालीहरूलाई इजरायलको यात्रा नगर्न आग्रह गरेको छ।

मन्त्रालयले सोमबार साँझ एक सूचना जारी गर्दै इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका क्रममा इजरायलकाे दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न आग्रह गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडान भोलि बिहान १ बजेका लागि तय भएको थियो।

प्यालेस्टाइन समूह हमासको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली सहित ४८ जना विदेशी नागरीकले ज्यान गुमाइसकेका छन्। 

असोज २३, २०८० मंगलबार ११:२७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।