बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित
लुम्बिनी : बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्। संघको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले ६ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भए। संघको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन्।
यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भए।
असोज २३, २०८० मंगलबार १०:५३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।