एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं : एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ। मतदानको समय साँझ ५ बजेको लागि तोकिएको छ। 

प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी परेको एमाले सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले बताए। 

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका गराएको भण्डारीले बताए। उनीहरु सबै अछामका हुन्। 

कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएको भण्डारी बताए। निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। 

उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने तयारी छ।  त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ। 

उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।

असोज २३, २०८० मंगलबार १०:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।