विश्वकप क्रिकेट : पहिलो खेल हारेको इंग्ल्यान्ड बंगलादेशसँग भिड्दै

एजेन्सी : विश्वकप क्रिकेटमा आज (मंगलबार) साविक विजेता इंग्ल्यान्डले बंगलादेशसँग भिडन्त गर्दैछ। भारतमा जारी एकदिवसीय विश्वकपमा आज दुई खेल हुँदैछन्।
यी दुईबीच हुने पहिलो खेल हिमाञ्चलको धर्मशाला स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटको पराजित भएको इंग्ल्यान्ड आज जारी विश्वकपमा पहिलो अंक जोड्ने दाउमा छ।
उता पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको बंगलादेशको योजना भने इंग्ल्यान्डलाई स्तब्द पार्दै लगातार दोस्रो जित निकाल्ने छ।
असोज २३, २०८० मंगलबार ०९:१८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।