विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको दोस्रो जित दर्ता गरेको छ।

३२३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४६.३ ओभरमा अलआउट हुँदै २२३ रनमा समेटिएपछि नेदरल्याण्ड्सले ९९ रनको दोस्रो जित निकालेको हो।

यसअघि विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो।

नेदरल्याण्ड्सका लागि कोलिन एकरमनले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक स्कट एडवार्ड ३०, साइब्राण्ड इन्गेलब्रेच्थ २९, नेतजा निदामानुरु २१, बस दी लीडे १८, म्याक्स ओ डाउड १६, विक्रमजित सिंह १२, आर्यन दत्त ११, रायन केलिन ८, रोइलफ भान्डेर मेरवे १ रन बनाउँदा पल भान मीकेरेन ४ रनमा अविजित रहे।

न्यूजिल्याण्डका मिचेल स्यान्टनरले पाँच, म्याट हेन्रीले तीन तथा रचिन रविन्द्रले एक विकेट लिए।

त्यसअघि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३२२ रन बनायो।

उसका लागि विङ योङले ७०, टोम ल्याथमले ५३ र रचिन रविन्द्रले ५१ रनको अर्धशतकीय पारी खेले।

त्यसका अलावा डर्ली मिचेल ४८, डेभोन कोनवे ३२, मार्क च्याम्पम्यान ५ र ग्लेन फिलिप्स ४ रनमा आउट हुँदा मिचेल स्यान्टनर र माट हेन्रीले अविजित रहँदै क्रमशः ३६ र १० रन जोडे।

नेदरल्याण्ड्सका आर्यद दत्त, पल भान मीकेरेन र रोइलफ भान दर मेर्वेले समान दुई–दुई विकेट लिँदा बस दी लीडेले एक विकेट हात पारे।

असोज २२, २०८० सोमबार २१:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।