बन्धकहरूलाई मुक्त गर्न हमाससँग वार्ता गर्दै कतार

बन्धकहरूलाई मुक्त गर्न हमाससँग वार्ता गर्दै कतार

एजेन्सी : कतारी मध्यस्थकर्ताहरूले इजरायली महिला र बालबालिकालाई हमासको कब्जाबाट मुक्त गर्न वार्ता गरिरहेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार कतारी मध्यस्थकर्ता हमासका अधिकारीहरूसँग सम्पर्कमा छन्।

यी महिला र बाललिकालाई चरमपन्थी समूबाह हमासले अपहरण गरी गाजामा लगेका थिए।

वार्ताको जानकारी भएको स्रोतले रोयटर्सलाई बताएको छ कि कतारले इजरायली बन्धकहरूलाई इजरायलले राखेका ३६ प्यालेस्टिनी महिला र बालबालिकाको बदलामा रिहा गर्न प्रस्ताव गरेको छ।

यी वार्ता अमेरिकासँगको समन्वयमा भइरहेको स्रोतले जनाएको छ। इजरायल वा हमासले यस प्रतिवेदनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

असोज २२, २०८० सोमबार २०:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।