विश्वकपमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई दियो ३२३ रनको लक्ष्य, तीन खेलाडीको अर्धशतक

विश्वकपमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई दियो ३२३ रनको लक्ष्य, तीन खेलाडीको अर्धशतक

काठमाडौं : भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ३२३ रनको लक्ष्य दिएको छ।

हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३२२ रन बनायो।

उसका लागि विङ योङले ७०, टोम ल्याथमले ५३ र रचिन रविन्द्रले ५१ रनको अर्धशतकीय पारी खेले।

त्यसका अलावा डर्ली मिचेल ४८, डेभोन कोनवे ३२, मार्क च्याम्पम्यान ५ र ग्लेन फिलिप्स ४ रनमा आउट हुँदा मिचेल स्यान्टनर र माट हेन्रीले अविजित रहँदै क्रमशः ३६ र १० रन जोडे।

नेदरल्याण्ड्सका आर्यद दत्त, पल भान मीकेरेन र रोइलफ भान दर मेर्वेले समान दुई–दुई विकेट लिँदा बस दी लीडेले एक विकेट हात पारे।

अहिले नेदरन्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ।

असोज २२, २०८० सोमबार १८:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।