इजरायली सेनाले भन्यो- ‘हमासका सेल्टरहरूमा ठूला आक्रमण सुरू भयो’

इजरायली सेनाले भन्यो- ‘हमासका सेल्टरहरूमा ठूला आक्रमण सुरू भयो’

एजेन्सी : इजरायली सेनाले गाजामा हमास बसेका ठाउँहरूमा ‘ठूला आक्रमण’ सुरू गरेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायली वायुसेना दुवैले सामाजिक सञ्जालमा यस अपरेशनको जानकारी दिएका हुन्।

हमासले गाजाबाट इजरायलमा रकेट प्रहार गरेपछि यो कारबाही सुरू भएको हो।

यसैबीच प्यालेस्टाइनको विदेश मन्त्रालयले इजरायली हवाई आक्रमणमा दुई शरणार्थी शिविरमा क्षति पुगेको जनाएको छ। यसमा धेरैको ज्यान गइसकेको छ भने केही घाइते भएको खबर छ। 

गाजा पट्टीमा आठ मान्यता प्राप्त शरणार्थी शिविरहरू छन्।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायली मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ५११ पुगेको जानकारी दिएको छ। घाइतेको संख्या २७५० पुगेको छ।

शनिबार हमासले सर्वसाधारणमाथि गरेको ठूलो आक्रमण र उनीहरूलाई बन्धक बनाएको प्रतिक्रियास्वरूप गाजामा आक्रमण गरिएको इजरायलले जनाएको छ।

अर्कोतर्फ हमासले भने इजरायलले आइतबार राति गरेको हवाई आक्रमणमा बन्धक बनाएका चार जनाको मृत्यु भएको जनाएको छ।

यद्यपि, हमासले कति इजरायलीलाई बन्धक बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, इजरायली सेनाले दर्जनौं मानिस अपहरण गरेको स्वीकार गरेको छ।

असोज २२, २०८० सोमबार १७:४८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।