इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सरकारले दश लाख दिने

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सरकारले दश लाख दिने

काठमाडौं : सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दश लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हामासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपालीहरूको परिवारलाई प्रति परिवार दश लाख दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय भएको समेत शर्माले बताइन्।

इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको शर्माले जानकारी दिइन्।

असोज २२, २०८० सोमबार १७:४५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।