शितल निवास अगाडी प्रदर्शन गर्ने शान्ति समाजका ११ जना पक्राउ (नामावलीसहित)

शितल निवास अगाडी प्रदर्शन गर्ने शान्ति समाजका ११ जना पक्राउ (नामावलीसहित)

काठमाडौं : बाँकेको नेपालगन्जमा खुँडा प्रहार गरी दिनदहाडै व्याक्ति हत्या गर्ने  योगराज ढकाल (रिगल)लाई आममाफी दिएको भन्दै प्रदर्शन गरिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई पक्राउ गरिएको प्रहरी बृत्त महाराजगंजले जानकारी दिएको छ। 

पक्राउ पर्नेमा काठमाडौं शान्ति समाजका सस्थापक सभापति कृष्ण पहाडी, पुर्व सभापति उत्तम पुडासैनी, केन्द्रिय सभापति रामकृष्ण बराल, महासचिब रेनुका पौडेल रहेका छन्। 

यस्तै प्रहरीले काठमाडौंको गौशला बस्ने ५४ बर्षीय किरण ढकाल, ४२ वर्षीय दिवाकर पुडासैनि, ३५ वर्षीय भगवान पुडासैनि, ललितपुर बस्ने ५६ वर्षीय चन्द्रमणी बन्जरालाई समेत पक्राउ गरेको छ। 

यस्तै मधु पुडासैमनी, लक्ष्मण पुडासैनी, र रिता अधिकारीलाई समेत पक्राउ गरिएको प्रहरी बृत्त महाराजगंजले जानकारी दिएको छ। 

असोज २२, २०८० सोमबार १७:३०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।