इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक घोषणा

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक घोषणा

काठमाडौं :  इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरेको छ। बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपाली र मृत्यु भएकाहरूको शवलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो। केही घाइते छन्। बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन्।

मन्त्री शर्माले मंगलबार सार्वजनिक बिदाको निर्णय नभएको र राष्ट्रिय शोक मात्र भएको स्पष्ट पारिन्।

‘भोलि बिदा होइन, राष्ट्रिय शोक मात्र हो’, उनले भनिन्।

असोज २२, २०८० सोमबार १७:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।