लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना

काठमाडौं : लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी गाडीमा सवार मन्त्रीसहित पाँच जना सामान्य घाइते भएका  छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ को शितलपुरमा लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको मन्त्री मास्कीका स्वकीय सचिव शम्भु रेग्मीले बताए। 

पार्टीको कार्यक्रम सकेर मन्त्रालय फर्किदै गर्दा गाडी दुर्घटनामा परेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेकाे  जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ। 

असोज २२, २०८० सोमबार १७:०७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।