जमलको होटलमा दुर्गा प्रसाईंलाई मोसो दलियो

जमलको होटलमा दुर्गा प्रसाईंलाई मोसो दलियो

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा मोसो दलिएको छ।

पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गदैै मोसो दलिएको हो।

काठमाडौंको जमलस्थित एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए।

प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन्।

संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ।

असोज २२, २०८० सोमबार १५:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।