इजरायलको बंकरमा उद्धार पर्खँदै १० नेपाली विद्यार्थी, आजसम्मलाई मात्र छ खानेकुरा

इजरायलको बंकरमा उद्धार पर्खँदै १० नेपाली विद्यार्थी, आजसम्मलाई मात्र छ खानेकुरा
फाईल फोटो

काठमाडौं : इजरायलको एक बंकरमा १० जना नेपाली विद्यार्थी उद्धारको पर्खाइमा रहेका छन्। 

प्यालेस्टाइन समूह हमासको आतंकवादी हमलापछि आफूहरु इजरायलको एक बंकरभित्र लुकेर बसेको र उद्धारको पखाईमा रहेको उनीहरुले बताएका छन्। 

उनीहरुले आफूहरुसँग एक दिनकाे लागि मात्र खानेकुरा भएको भन्दै चाँडो भन्दा चाँडो उद्धारका लागि आग्रह गरेका छन्। 

‘अहिले पनि बम पड्किरहेको छ। आतंक फैलिराको छ। युद्ध मच्चिराको छ। नेपाली एम्बेसीले बंकरमा भएका भाइहरूलाई उद्धार गर्ने भनेको छ। बाटोमा हिँड्न पनि समस्या भएको छ। त्यहाँसम्म पुग्न सबैलाई समस्या छ। एम्बेसीसम्म ल्यायो भने बच्ने भाइहरू। मानसिक टर्चर पनि कम हुन्थ्यो। अहिले फेरि सुरू भयो’, एक नेपालीले उकेरासँग भनिन्। 

उनीहरु इजरायलकाे बंकरमा बसिरहेका भएपनि सुरक्षित ठानिरहेका छैनन्।

लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गत भदौमा इजरायल गएका थिए।

असोज २२, २०८० सोमबार १५:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।