इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति पौडेलको चासो

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति पौडेलको चासो
फाईल फोटो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त  गरेका छन्।  

सोमबार राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन्। 

उनले इजरायलमा प्यालेस्टाइन समूह हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूती प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

त्यसैगरी,पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। 

उनले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेकोे प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए। 

असोज २२, २०८० सोमबार १५:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।