इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न एमालेको माग

इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न एमालेको माग

काठमाडौं : एमालेले इजरायलमा प्यालेस्टाइन समूह हमासले गरेको आतंकवादी हमलाको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ। 

सोमबार अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ती जारी गर्दै हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन्। 

साथै उनले घटनामा परी घाइते भएकाहरुको तत्काल उपचार गर्न, अलपत्र परेका नेपालीको यथाशिघ्र उद्धार गर्न तथा मृतकहरुको शव नेपाल ल्याएर परिवारलाई बुझाउन समेत माग गरेका छन्।

 
 

असोज २२, २०८० सोमबार १४:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।