आफ्ना म्युजिक भिडियोको भ्युज देखेर स्वस्तिमा लेख्छिन् : बाँचुन्जेल यही मायाको भोको भइरहन पाऊँ
काठमाडौं : फिल्मभन्दा गीतको भिडियोका कारण चर्चामा रहेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का।
गत २ महिनामा उनको ‘काले केटाले’, ‘जाले रुमाल फाट्यो’, ‘प्रेम शरणम्’ र ‘झम्के झमा झम’ गीतको भिडियो रिलिज भएका छन्।
यसमध्ये २ वटा गीतले १० लाख भ्युज कटाएका छन् भने अन्यले करोड। आफूले खेलेको गीतले राम्रो भ्युज पाएपछि स्वस्तिमा दंग परेकी छन्।
यतिको युटुयूब भ्युज पाएकी स्वस्तिमाले सबैलाई आभार व्यक्त गर्दै आफू मायाको भोको रहेको उल्लेख गरेकी छन्।
‘यी दुई महिनामा मेरा ४ वटा गीत आए। ‘काले केटाले’, ‘जाले रुमाल फाट्यो’, ‘प्रेम शरणम्’ र ‘झम्के झमा झम’ले करोडौं दर्शकको अमूल्य माया कमाएँ,’ उनले सामाजिक संजालमा लेखेकी छन्, ‘बाँचुन्जेल म यही मायाको भोको भइरहन पाऊँ।’
उनको गीत ‘काले केटाले’ले १ करोड, ‘जाले रुमाल फाट्यो’ले १ करोड १० लाख ’,‘प्रेम शरणम’ ले १३ लाख’ र आफ्नै फिल्म ‘दिमाग खराब’को प्रमोसनल गीत ‘झम्के झमा झम’ले १० लाख भ्युज कटाएका छन्।
असोज २२, २०८० सोमबार १३:५०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।