बाटो मर्मत गर्दा पहिरोले जेसीबी पुर्‍यो, चालकको मृत्यु

बाटो मर्मत गर्दा पहिरोले जेसीबी पुर्‍यो, चालकको मृत्यु
फाइल फोटो

लुम्बिनी : पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिंदा चालकको मृत्यु भएको छ। 

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसीबी टोक्से भन्ने स्थानमा सडक माथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको हो।

पहिरोले पुरिंदा जेसीबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटना लगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

असोज २२, २०८० सोमबार १३:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।