इजरायलमा मृत्यु भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

इजरायलमा मृत्यु भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमास समूहको आतंकवादी हमलामा परि मृत्यु भएका विद्यार्थीका परिवारलाई राहत स्वरुप प्रति परिवार दुई लाख रुपैयाँ दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा परेर निधन भएका प्रति परिवारलाई २ लाख रुपैँया राहत सहयोग गरिने बताए।

सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहले खोजी र उद्धार तथा शव स्वदेश ल्याउन केन्द्र सरकारको ध्यानाकर्षण पनि गराएका छन्। हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सुदूरपश्चिमका ७ जना विद्यार्थीको उक्त हमलामा निधन भएको छ। केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। 

असोज २२, २०८० सोमबार १३:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।