पारिवारिक विवादसम्बन्धी मुद्दा हेर्न सर्वोच्चमा सुरु भयाे पारिवारिक इजलास

पारिवारिक विवादसम्बन्धी मुद्दा हेर्न सर्वोच्चमा  सुरु भयाे पारिवारिक इजलास

काठमाडौं :  सर्वोच्च अदालतमा आजबाट पारिवारिक इजलास ‘फेमिली कोर्ट’ सुरु भएको छ। 

सोमबार बिहान पारिवारिक इजलासको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शुभारम्भ गरेका हुन्। 

पारिवारिक इजलासको उद्घाटन गर्दै उनले प्रधानन्यायाधीश हुदै गर्दाकाे एक महत्वपुर्ण वाचा पुरा भएको बताए। 

पारिवारिक इजलासले महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गरे। 

उनले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोेफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताए। 

पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न उनको आग्रह छ ।

असोज २२, २०८० सोमबार १२:३६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।