सरकारले इजरायलबाट शव ल्याउन विमान तयारी अवस्थामा राख्ने

सरकारले इजरायलबाट शव ल्याउन विमान तयारी अवस्थामा राख्ने

काठमाडौं : परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले हमासको आतंकवादी हमलामा परि मृत्यु भएका नेपाली बिद्यार्थीहरुको शव यथाशीघ्र फिर्ता ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

परराष्ट्रमन्त्रालयमा सोमबार विहान बसेको संयन्त्रको बैठकले इजरायलसँग आवश्यक समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो।

यस्तै, बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय समेत गरेको छ।  

दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको मृत्यु भएको छ।  घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

एक जना सम्पर्कविहिन नेपालीको खोजि कार्य भइरहेको जनाइएको छ। मृत्यु भएकाहरूको शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताइएको छ।

असोज २२, २०८० सोमबार ११:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।