प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।

असोज २२, २०८० सोमबार १०:२९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।