दशैंका लागि टिकट बुकिङ आजदेखि

दशैंका लागि टिकट बुकिङ आजदेखि

काठमाडौं : दशैंका लागि आज (सोमाबर) देखि सवारी साधनको अग्रिम टिकट बुकिङ खुलेको छ।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट लाखौं यात्रुहरू आ-आफ्नो घर जाने हुँदा सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाइएको हो।

गत शुक्रबार यातायात व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र यातायात व्यवस्था विभागबीच भएको सहमतिपछि अग्रिम टिकट बुकिङ खोलिएको छ।

असोज २२, २०८० सोमबार ०९:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।