सलाहले २ गोल गरे पनि ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल
एजेन्सी : लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको छ। ब्राइटनको घरेलु मैदानमा मोहम्मद सालाहले २ गोल गरे पनि लिभरपुलको जितका लागि पर्याप्त भएन।
खेलको २०औं मिनेटमा अग्रता लिएको ब्राइटनविरुद्ध पहिलो हाफको अन्त्य तिर लगातार २ गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए।
तर ७८औं मिनेटमा बेन डंकले गोल गरेपछि खेल बराबरीमा सकियो। यो बराबरीपछि लिभरपुल ८ खेलमा १७ अंक सहित लिगको चौथो स्थानमा छ।
असोज २२, २०८० सोमबार ०८:२१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।