८६औं मिनेटको निर्णायक गोलमा आर्सनलसँग हार्यो म्यानचेस्टर सिटी

एजेन्सी : साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग १-० ले पराजित भएको छ।
गएराति भएको खेलमा अन्तिम समयको ग्याब्रिएल मार्टिनेलीको एक मात्र गोल नै आर्सनलको जितमा पर्याप्त बन्यो।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको मार्टिनेली खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
यो जितपछि आर्सनल ८ खेलबाट २० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटी १८ अंकसहित तेस्रो स्थानमा छ।
असोज २२, २०८० सोमबार ०८:०९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।