आज मौसम सामान्यतया सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना

आज मौसम सामान्यतया सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (सोमबार) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २२, २०८० सोमबार ०७:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।