भारतको एक पटका पसलमा आगलागी हुँदा १४ जनाको मृत्यु

भारतको एक पटका पसलमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी : भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुदाँ  १४ जनाको मृत्यु भएको छ। 

उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारको लागी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ।

असोज २१, २०८० आइतबार १५:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।