विश्वकप क्रिकेट : भारतविरुद्द टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया
काठमाडौं : भारतमा जारी विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निणर्य गरेकाे छ।
एमए चिदम्बरम स्टेडियम, चेन्नईमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
यी दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन्। अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक विश्वकप जितेको छ। भारतले भने दुई पटक विश्वकप जितेको छ।
अहिले क्रिजमा मिचेल मार्श र डेभिड वार्नर छन्।
अष्ट्रेलियको प्लेइङ ११ :
डेभिड वार्नर, मिचेल मार्श, स्टीवन स्मिथ, मार्नस लाबुसचेन, क्यामरन ग्रीन, एलेक्स केरी (विकेटकीपर), ग्लेन म्याक्सवेल, प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, जोश हेजलवुड, एडम जाम्पा।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सिराज।
असोज २१, २०८० आइतबार १४:२०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।