सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड बजारमा
काठमाडौं : सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा लिले नयाँ ब्राण्ड ुगज्जबको मिठोु चाउचाउ बजारमा ल्याएको छ।
कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलता पछि कम्पनीले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो।
कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ।
चाउचाउको बढ्दो मागलाई पूरा गर्न नेपाली उपभोक्ता र बजारको बदलिँदो स्वाद पूरा गर्ने उद्देश्य रहेको कम्पनीको दाबी छ।
असोज २१, २०८० आइतबार १४:०३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।