युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : झलनाथ खनाल

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : झलनाथ खनाल

लुम्बिनी : एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन्।

पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनालले पत्रकार सम्मेलनमा बोल्दै उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए।

मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको उनले बताए।

असोज २१, २०८० आइतबार १३:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।