पाँच घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

पाँच घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
फाइल फोटो

दमौली : सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ।

म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आइतबार (आज) बिहान करिब ५ बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो। 

सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको प्रयासमा राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध थियो। राजमार्ग विस्तारका क्रममा भित्ता खारिँदा उक्त खण्ड पहिरोको जोखिममा रहँदै आएको छ।

असोज २१, २०८० आइतबार १२:४३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।